म्यान्मारमा पक्राउ परेका एपीका पत्रकार रिहा

Photo : Myanmar Now
Photo : Myanmar Now

म्यानमारमा पक्राउ परेका एसोसिएट प्रेस (एपी)का पत्रकार थेइन जाव रिहा भएका छन्।

उनलाई रिपोर्टिङको क्रममा फेब्रुअरी २७ मा प्रहरीले रंगुनबाट पक्राउमा गरेको थियो। बुधबार पत्रकार जावसँगै ६ सय प्रदर्शनकारी युवा र विद्यार्थीलाई रिहा गरिएको बर्मेली सञ्चारमाध्यम ऐरावतीले जनाएको छ।

म्यान्मारमा गत फेब्रुअरी १ मा सैन्य 'कू' भएयता ४४ जना पत्रकार पक्राउ परिसकेका छन्। तीमध्ये २३ पत्रकार रिहा भएपनि झण्डै तीन दर्जन सैन्य हिरासतमै छन्।

सैन्य सरकारले म्यान्मारका पाँचवटा मिडियाको अनुमतिपत्र खारेज गर्नुका साथै सरकारविरुद्ध आन्दोलनमा उत्रेएका २७० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।



म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

बर्मेली भन्छन्, ‘बरू फाँसीमा चढ्छौं तर म्यान्मार फर्किँदैनौं’

म्यान्मार सैन्य 'कू': सुरक्षा फौजद्वारा शुक्रबार ११ जनाको हत्या

सैनिक शासनबाट पिल्सिएको म्यान्मारको यस्तो हाल (भिडियोसहित)

म्यान्मार सैन्य 'कू'को विरोधमा उत्रेका सयौं विद्यार्थी पक्राउ

प्रकाशित मिति: : 2021-03-25 06:32:00

प्रतिकृया दिनुहोस्