ठगी गिरोहको जालमा परेका भूमिहीनमाथि कानुनको पनि अत्याचार : ज्यालादारी मजदुरमाथि एक अर्ब चार करोड राजस्व छलीको मुद्दा

बाराको जितपुर–सिमरा उपमहानगरपालिका-९ स्थित चमारबस्ती। त्रिभुवन राजपथअन्तर्गतको छातापिपराबाट करिब तीन किलोमिटर दक्षिणपूर्व लागेपछि सडककिनारमा टहरामा बसेका ४० दलित परिवार। वस्तीको जमिन पनि ऐलानी हो।

सम्पत्तिका नाममा उनीहरूसँग एक इन्च पनि जमिन छैन। हातमुख जोड्न दैनिक ज्यालादारी गर्छन्। यो वस्तीका महन्थ चमारसहित बाराका विभिन्न गाउँका भूमिहीन विपन्न ‘एक अर्ब चार करोड राजस्व छली’को मुद्दामा परेका छन्। राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेपछि कोही जेल परेका छन्, कोही भागेका छन्, कोही अब के हुने हो भनेर भयभीत छन्। 

चमारबस्तीका महन्थ गाउँमै ज्यालादारी गरेर गुजारा चलाउँदै थिए। चार वर्षअघि छिमेकी परवानीपुर गाउँपालिका घर भएका पलट यादवले राम्रो काम लगाइदिने आश्वासन दिएर उनलाई काठमाडौं पुर्याए।

प्रकाशित मिति: : 2021-03-25 06:28:00

प्रतिकृया दिनुहोस्