लकडाउनको एक वर्ष : उद्योग, व्यापार र निर्माण तंग्रियो, कोमामै छ पर्यटन

अनलाइनखबर

काठमाडौं

कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले देशमा पहिलोपटक गरेको लकडाउनको आज ठ्याक्कै एक वर्ष पुरा भएको छ।

फ्रान्सबाट आएकी नेपाली युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २०७६ चैत ११ मा सुरु भएको लकडाउनले अर्थतन्त्रमा दूरगामी प्रभाव त छाड्यो तर संक्रमण रोकथाममा उल्लेख्य योगदान गर्न सकेन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्म नेपालमा कोरोनाबाट २ लाख ७६ हजार २ सय ४४ जना संक्रमित भइसकेका छन्। यो एक वर्षको बीचमा तीन हजार १९ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ।

मानव स्वास्थ्य जोखिम कम गर्न अपनाइएको लकडाउनका कारण राज्यले १५ औं आवधिक योजनाका अधिकांश लक्ष्य भेटाउन सक्नेछैन। यसले आर्थिक वृद्धिमा प्रभाव पारेको छ। गरिबी र बेरोजगारी दर बढाएको छ।

अर्थ मन्त्रालयका अनुसार कोरोना महामारीका कारण प्रभावित भएको गतिविधिले पुँजीगत खर्चमा समेत प्रभाव पारेको छ।

प्रकाशित मिति: : 2021-03-24 13:26:00

प्रतिकृया दिनुहोस्