प्लेन टिकटमै वर्षको १० करोडभन्दा बढी खर्चिन्छन् विदेशस्थित नेपाली दूतावास र नियोगका कर्मचारी

टिकट क्यान्सिल र रुट परिवर्तन गर्दा झण्डै सवा करोड अतिरिक्त व्ययभार

लोकान्तर

काठमाडौं

विदेशस्थित नेपाली दूतावास तथा नियोगका पदाधिकारीसहित कर्मचारीहरूको प्लेन टिकटबापत मात्र वार्षिक १० करोड रूपैयाँभन्दा बढीसम्म खर्च हुने गरेको पाइएको छ।

पछिल्लो तीन वर्षमा प्लेन टिकटमा मात्र २० करोड ७१ लाख ४५ हजार ४५ रूपैयाँ खर्च भएको छ।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीले लोकान्तरलाई उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र प्लेन टिकटमा १० करोड ७० लाख ८४ हजार २८७ रूपैयाँ खर्च भएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा ४ करोड ४० लाख ८१ हजार ७४५ रूपैयाँ र आर्थिक वर्ष २०७६/०७७ मा ५ करोड ५९ लाख ७९ हजार १३ रूपैयाँ खर्च भएको छ।

गत वर्ष कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका कारण खर्च कम भएको हो।

प्रकाशित मिति: : 2021-03-24 11:42:00

प्रतिकृया दिनुहोस्