फुटबलमा व्यावसायिक घराना : सीजीदेखि आईएमई ग्रुपसम्म

नेपाल खबर

काठमाडौँ

एक समय चौधरी ग्रुप (सीजी) को प्रमुख उत्पादन वाइवाई र नेपाली क्रिकेट पर्यायवाचीजस्तै थिए। नेपाल क्रिकेट संघ (क्यान) निलम्बन हुनु अघिसम्म हरेक उमेर समूहदेखि राष्ट्रिय प्रतियोगितासम्म मुख्य प्रायोजकमा वाइवाई जोडिन्थ्यो। खेलाडीको जर्सी, होर्डिङ बोर्ड, ब्यानर जताजतै वाइवाईकै लोगो।

चार वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले क्यानलाई निलम्बन गर्‍याे। योसँगै आधिकारिक घरेलु क्रिकेट प्रतियोगिता ठप्प भए। अनि क्रिकेटसँग चौधरी घरानाको सम्बन्धमा पनि ‘ग्याप’ आयो।

तीन वर्षअघि भर्खर निर्वाचित भएर आएका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले यही ‘ग्याप’को मौका छोप्ने निधो गरे र नेपाल सुपर लिगको प्रस्ताव लिएर चौधरी ग्रुपका कार्यकारी निर्देशक निर्वाण चौधरीकहाँ गए।

प्रकाशित मिति: : 2021-03-23 19:32:00

प्रतिकृया दिनुहोस्