श्रबन्ती चटर्जीको चर्चाः तिन जनासँगको सम्बन्धविच्छेद र भाजपा प्रवेश

Photo : Shrabanti Instagram
Photo : Shrabanti Instagram

बलिउड अभिनेत्री श्रबन्ती चटर्जी बेला बेलामा चर्चामा आईरहन्छिन्।

१० वर्षको उमेर देखिनै अभिनयमा प्रवेश गरेकी श्रबन्ती पछिल्लो समय राजनीतिमा प्रवेशको कारण चर्चामा छिन्। उनले भारतिय जनता पार्टी (भाजपा) मा प्रवेश गरेर राजनैतिक यात्रा सुरु गरेसँगै उनको चर्चा हुन थालेको हो। 

सन् २००३ मा १६ वर्षको कलिलो उमेरमै उनले बंगाली चलचित्र निर्देशक राजीवकुमारसँग विवाह गरेकी थिईन्। तर उनको सम्बन्ध लामो समय टिक्न सकेन। त्यसयता पनि केही वर्षको अन्तरमा उनले अन्य दुई जनासँग विवाह गरिन्। तर कुनै सम्बन्धपनि टिक्न सकेन।

अहिले उनी एक्लो जिवन बिताउँदै आएकी छन्। हालै उनी भाजपामा प्रवेश गरेर राजनैतिक यात्रा सुरु गरेकी छन्। 

प्रकाशित मिति: : 2021-03-23 13:19:00

प्रतिकृया दिनुहोस्