तिब्बत-दक्षिण एसिया कोरिडरबाट नेपाललाई के फाइदा?

नेपालको उत्तरी सीमा जोडिएको चीनको स्वायत्त प्रदेश तिब्बतमा पहिले भू-दासप्रथा थियो। तिब्बतबाट यो प्रथा उन्मूलन भएर प्रजातान्त्रिक व्यवस्था सुरु भएको ६ दसक नाघिसकेको छ। चौंरी र च्यांग्रा पाल्ने घुमन्ते तिब्बतीको स्थायी बसोबासको आधार थिएन।

अहिले उनीहरू अत्याधुनिक घरमा बसेर महँगा गाडी चढ्छन्। तिब्बतका सबै गाउँ गरिबीबाट मुक्त भइसकेका छन्। दुर्गम गाउँमा पनि सडक, बिजुली, अस्पताल, विद्यालय र सरकारी सेवा केन्द्र छन्। धेरै भनिरहनै पर्दैन, नेपालको सीमा क्षेत्रमा उभिएर तिब्बततिर हेर्दा स्पष्ट हुन्छ।

तातो पानी राखेको ठूलो भाँडाको छेउ गिलासमा चिसो पानी राख्ने हो भने त्यसको तापक्रम पनि बढ्छ। तिब्बतमा भएको विकासले नेपालको उत्तरी सीमा क्षेत्रमा प्रत्यक्ष लाभ दिन्छ। नेपालसँग जोडिएका नाकामा चीनले पूर्वाधार निर्माण तथा नाका व्यवस्थित गर्ने काममा नेपाललाई सघाइरहेको छ। तीव्र गतिमा पूर्वाधारमा फड्को मारिरहेको तिब्बतको विकासका बाछिटा नेपालमा पनि देखिन थालेका छन्।

प्रकाशित मिति: : 2021-03-23 10:00:00

प्रतिकृया दिनुहोस्