दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित ‘छिछोरे’ उत्कृष्ट फिल्म घोषणा

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड प्रदान गरिएको छ।

भारतको ६७ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा कार्यक्रममा ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्म घोषणा गरिएको हो।

त्यस्तै कंगना रनौतलाई मणिकर्णिका र पंगाका लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्रदान गरिएको छ। मनोज बाजपेयीलाई भोसलेका लागि सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइएको छ।

प्रकाशित मिति: : 2021-03-23 07:45:00

प्रतिकृया दिनुहोस्