एमालेको विवाद सैद्धान्तिक होइन, ओलीकै सरकार दुई वर्ष जान्छ’

रातोपाटी

काठमाडौँ

फणिन्द्र नेपाल 

प्रतिनिधिसभा सदस्य एवं पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ नेकपा एमालेमा केपी ओली पक्षका नेता हुन् । शुरुमा माधव नेपाल समूहमा रहेका उनी केही वर्षअघि ओली समूहमा लागेका थिए । तर, नेकपाभित्रको अन्तरविरोध चर्केका बेला केही महिनाअघि उनी माधव नेपाल समूहमा लागे । तर, अहिले फेरि ओली समूहमै फर्किएका छन् । प्रस्तुत अन्तरवार्तामा हामीले पूर्वमन्त्री तामाङसँग गुट परिवर्तन गर्नुका कारणहरु सोधेका छैनौं, एमालेभित्र चुलिएको अन्तरविरोधमा मात्र केन्द्रित रहेर प्रश्न गरेका छौं । यसक्रममा उनले माधव नेपालले स्पष्टीकरण दिनैपर्ने बताएका छन् भने आगामी दुई वर्षसम्म केपी ओली नै प्रधानमन्त्री रहने, नभए ‘अर्ली इलेक्सन’ हुने दाबीसमेत गरेका छन् । प्रस्तुत छ नेकपा एमालेका युवा नेता तामाङसँग रातोपाटीले गरेको कुराकानी–

नेकपा एमालेको विवादको जड के हो ? यो कसरी अवतरण हुन्छ ?

मूलतः माले हँुदै एमाले भएर आउने बेलासम्म भूमिगत कालमा पनि दुई धार नै थियो । हामी २०३९ को विवाद भन्थ्याँै । त्यसबेला ‘पार्टी स्वतन्त्रता’को पक्षमा उभिने एउटा पङ्क्ति र ‘राजनीतिक स्वतन्त्रता’का पक्षमा उभिने अर्को पङ्क्ति थियो । पार्टीका महासचिव सीपी मैनाली पार्टी स्वतन्त्रताको पक्षमा उभिनुभएको थियो भने पार्टीको बहुमत पक्ष राजनीतिक स्वतन्त्रताको पक्षमा उभिएको थियो । सोही विवादका कारण सीपी मैनाली महासचिवबाट अपदस्थ हुनुपरेको थियो । त्यो स्थिति अघि बढ्दै गयो । यद्यपि हामी २०४७ सालको आन्दोलनमा सहभागी भयौँ ।

जब हामी पाँचौँ राष्ट्रिय महाधिवेशन गर्ने अवस्थामा आइपुग्यौँ, त्यतिबेलै जनताको बहुदलीय जनवादको पक्षमा मदन भण्डारीले आफूलाई उभ्याउनुभयो, त्यसको पक्षमा आम कार्यकर्ता पनि उभिए । उता सीपी मैनाली नौलो जनवादको पक्षमा उभिने अवस्था रह्यो । यी दुईबीच त्यहाँ पनि दुई धार बन्यो ।

पछि पात्र फेरिँदै गए । मदन भण्डारीको अवसानपछि नेकपा एमालेभित्र माधवकुमार नेपाल ‘राइज’ हुनुभयो र उहाँले नेतृत्व गर्नुभयो । त्यसपछाडि पार्टीभित्रको आन्तरिक जीवनमा सिद्धान्तमा जनताको बहुदलीय जनवाद नै भन्यौँ । तर, कतिपय हेर्ने दृष्टिकोण र राष्ट्रिय अन्तर्राष्ट्रिय सवालमा पार्टीभित्र फेरि समस्या पैदा भयो ।

प्रकाशित मिति: : 2021-03-22 21:43:00

प्रतिकृया दिनुहोस्