बलिउड नायिका जरिन खानले दर्शकहरुले आफ्नो अनुहारलाई र कट्रिना कैफको अनुहारसँग तुलना गर्दै आएको बताउदै आएकी छन्। उनले भनेकी छन्, 'जति राम्रो अभिनय र चलचित्रमा काम गरेपनि मलाई दर्शकहरुले कट्रिना कैफ तुलना गर्छन्। जुन कुराले मलाई नराम्रो लाग्छ।'
कट्रिना कैफसँग तुलना गरिएकै कारण आफ्नो करियरमा समस्याको आईरहेको जरिनको टिप्पणी छ।
यहीबीच हालै उनले एक फोटोसुट गराएकी छिन्। जुन फोटोसुट यतिबेला भारतिय सञ्चारमाध्यमहरुमा भाईरल बनिरहेको छ। फोटोसुटमा उनी रातो सारीमा देखिएकी छन्। तस्वीरमा उनलाई रातो सारीले निकै सुन्दर र बोल्ड बनाएको देखिन्छ।