‘जली’ डलीको क्यान्सर यात्रा

रातोपाटी

काठमाडौँ

स्वभावले उनी विद्रोही हुन्। आफूलाई मनपरेको काममा कसैले ‘यसो नगर है’ भनेको कुरा फिटिक्कै टेर्दिनन्। चुनौती दिन्छिन्। ‘के होला र ? गरेरै देखाउँछु,’

एक प्रकारको विद्रोहले उनलाई गाँज्ने गर्छ। त्यसमा आफूलाई खरो उतार्नसमेत उनी सफल हुन्छिन्। यही स्वभावले उनलाई सुख, आत्मसम्मान, सफलता र प्रसिद्धि दिलायो। आम मानिसको नजरमा लोभलाग्दो उनको जीवनभित्र संघर्ष र पीडाका अध्याय नभएका होइनन्। आफ्नो जीवनभित्र जेलिएका संघर्ष र पीडाका ती अध्यायका निम्ति पनि उनी विद्रोही नै हुन्। तिनलाई कतै दबाएर उनले सबैका सामु आफ्नो लोभलाग्दो जीवन पस्किएकी छन्।

हो, उनको जीवन कुनै समय क्यान्सरले बिथोलिएको थियो। यद्यपि, आफ्नो क्यान्सर यात्रामा उनी कत्ति पनि विचलित भइनन्। विषम परिस्थितिमा पनि जीवन शत प्रतिशत बाँचिन्। हिजोबारे सोचिनन्, भोलिको चिन्ता कहिल्यै गरिनन्। सोचिन् त मात्र वर्तमानको।

प्रकाशित मिति: : 2021-03-22 15:46:00

प्रतिकृया दिनुहोस्