बेपत्ता भएको एक महिना पुग्न लाग्दा पनि पत्ता लागेनन् झा दम्पती, प्रहरीको दाबीमा स्थानीयको शंका

शिलापत्र

महोत्तरी

१० फागुनमा घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित महोत्तरीको पिपरा गाउँपालिका- ५ सोहडबाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ५८ वर्षीया गीतादेवी झा सुतिरहेको ओछ्यानबाटै बेपत्ता भएका थिए।

त्यसयता प्रहरीले उनीहरूको खोज तथा अनुसन्धान गरेको भए पनि एक महिना पुग्नै लाग्दासमेत उनीहरूको अवस्था सार्वजनिक गर्न सकेको छैन।

झा दम्पतिलाई बेपत्ता पारेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय ५२ वर्षीय रामबाबु यादव,  २६ वर्षीय सुरेन्द्र यादव, २४ वर्षीय राजेन्द्र यादव र भारत बिहारको मधुवनी जिल्ला तरैयाका ५० वर्षीय हरेन्द्र ठाकुरलाई झा दम्पती बेपत्ता पारेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रकाशित मिति: : 2021-03-22 10:26:00

प्रतिकृया दिनुहोस्