नाटकमा भुवनलाई नदेखेपछि राजा महेन्द्रले सोधेका थिए, 'खोइ, आजकाल उनी देखिन्नन् नि'

पहिलोपोष्ट

काठमाडौं

नेपालमा बनेको पहिलो फिल्म 'आमा' को छायांकन भइरहेको थियो। पहिलो दिन चोभारको गणेशस्थानमा सुटिङ थियो। हिरो थिए शिवंशकर। भुवनलाई ‘गरौँला हामी सिर्जना प्रितिको जगतले’ गीतको लागि अभिनय गर्नुपर्ने भयो।

भुवनलाई शिवशंकरसँगै गीतमा नाच्नु पर्ने थियो। किनकि फिल्मको हिरोइन उनै थिइन्। 'पहिला अलि अलि हिन्दी फिल्म हेर्ने भएकाले हिरोसँग हिराइनले नाच्छन् भन्ने थाहा थियो,' उनले सुनाइन्, ‘लिड रोल पाएको थाहा पाएपछि म निकै खुसी भएकी थिएँ।’ 

१५ वर्षीया भुवनको आकांक्षा पूरा भयो। पहिलो फिल्म आमाकी नायिका हुने अवसर पाएर।

फिल्मका नायक शिवशंकर भुवनका बुवाका साथी थिए। शिवशंकर र उनका बुवा भैरवबहादुरले रेडियो नेपालमा सँगै काम गरेका थिए। मिल्ने साथी भएकाले उनीहरू एकअर्काको घरमा आउजाउ गर्थे। भुवन कहिले काही शिवशंकरको हात समातेर रेडियो नेपाल पुगेको सम्झन्छिन्।

‘फिल्मको दुनियाँ र वास्तविक जीवनमा आकाश–जमिनको अन्तर हुन्छ’ भनेजस्तै भयो भुवनलाई पनि। वास्तविक जीवनमा बुवाका साथी रहेकासँग पर्दामा जोडी बाँधिन्। त्यहीँबाट सुरु भयो उनको अभिनय यात्रा।

काठमाडौँको धोवीचौरमा उस्ताद भैरवबहादुर र गुजेश्वरीको एकल सन्तानका रुपमा जन्मिएकी थिइन् भुवन। बुवा कला क्षेत्रमै भएकाले यस क्षेत्रका हस्तीहरुसँगको संगत उनका लागि सहज भयो। र, उनले पनि कलाक्षेत्रमै आफ्नो करिअर बनाइन्।

प्रकाशित मिति: : 2021-03-22 08:43:00

प्रतिकृया दिनुहोस्