६५ घरधुरी मिलेर टिमुरखेती

आँबुखैरेनी गाउँपालिका-६ स्थित हिलेखर्कका करीब ६५ घरधुरी मिलेर व्यावसायिकरुपमा टिमुरखेती गर्दै आएका छन्।

स्थानीयवासीले आफ्नो क्षमताअनुरुपको टिमुरका बिरुवा ल्याएर लगाउँदै आएका हुन्। हाल २०० रोपनी क्षेत्रफलमा करीब २० हजार टिमुरका बिरुवा लगाइसकेका छन्। 

थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने देखेपछि यहाँका मानिस टिमुरखेतीतर्फ आकर्षित भएको हिलेखर्क–बाँसलडाँडा एकीकृत कृषक समूहका अध्यक्ष धनबहादुर गुरुङले बताए।

घरबास सञ्चालन गरेर पर्यटकीय गन्तव्यका रुपमा ख्याति कमाउँदै आएको हिलेखर्कवासीले पछिल्लो समय टिमुरखेतीलाई पनि सँगसँगै लैजान थालेको उनले जानकारी दिए। 

शुरुमा २५ जना मिलेर समूह गठन गरेर टिमुरखेतीको शुरुआत गरिएको थियो तर अहिले यस खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको छ। तीन/चार वर्षअघि केही व्यक्तिले थोरैथोरै टिमुरको खेती गरे पनि अघिल्लो वर्षदेखि व्यावसायिकरुपमा नै खेती गर्न थालेका छन्।

डिभिजन वन कार्यालयको सहकार्यमा बनेपाबाट दमौलीसम्म बिरुवा ल्याउने कार्य भए पनि दमौलीबाट गाउँसम्म कृषक समूहले नै बिरुवा ढुवानी गरेर लगाएका हुन्।  
 

प्रकाशित मिति: : 2021-03-20 14:41:00

प्रतिकृया दिनुहोस्