योद्ध शाही- नेपाल सुपर लिगमा कर्णालीबाट अनुबन्धित हुने एक मात्र खेलाडी

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)का लागि कर्णालीबाट एक मात्र खेलाडी जुम्लाका योद्ध शाही देखा पर्ने भएका छन्। 

शुक्रबार नेपालमा पहिलो पटक भएको अक्सनमा क्याटागोरी 'सी'मा रहेका जुम्लाका योद्ध शाही समग्र कर्णालीबाट छानिने एक मात्र खेलाडी हुन्। विभागीय टोली त्रिभुवन आर्मीबाट व्यावसायिक फुटबल खेल्दै आएका चन्दननाथ-१० का उनलाई धनगढी एफसीले अनुबन्धित गरेको हो। 

उनका लागि चितवन, बुटवल र पोखराले समेत बोली लगाएका थिए। सी क्याटागोरीमा रहेका उनलाई 'लक्की ड्र' मार्फत धनगढीले ७५ हजार रुपैयाँमा आफ्नो टिममा भित्र्यायो।

योद्ध सहिद स्मारक ए डिभिजन लिग खेल्ने कर्णालीको पहिलो खेलाडी हुन भने त्रिभुवन आर्मीका भरपर्दा डिफेन्डर हुन।

एकभन्दा बढी क्लबले एउटा खेलाडीका लागि अधिकतम बोली लगाएको खण्डमा गोलाप्रथाका आधारमा टोलीले खेलाडी प्राप्त गर्ने प्रावधानअनुसार उनी धनगडीबाट खेल्ने भएका हुन। उनले गत वर्षको सहिद स्मारक लिगमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

आगामी वैशाख ११ गतेबाट सञ्चालन हुने नेपाल सुपर लिगमा अक्सनमार्फत छानिएका हुन।

समग्र कर्णालीबाट अक्सनमा परेपछि खुसी भएको उनले बताएका छन्। उनले भने,  'नेपालमा पहिलो पटक भएको अक्सन मार्फत कर्णालीबाट एक जनाको रुपमा छनोट हुन पाउनु आफैमा खुसीको कुरा हो।'


मोजाको फुटबलदेखि ‘ए’ डिभिजन लिगसम्मको ‘युद्व’ {भिडियो}

प्रकाशित मिति: : 2021-03-20 10:05:00

प्रतिकृया दिनुहोस्