नेपाली बजारमा पश्चिमा 'फेशन ट्रेन्ड'को प्रभाव 

हिमानी चन्द

काठमाडौँ

सामान्यतया फेशनलाई सभ्यता विकासको एक पृथक शैली र अभ्यासको रुपमा लिईन्छ। यसले समाजसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले एक सामाजिक आवरण भित्रको प्रकृती र प्रवृतीको रुपमा लिन सकिन्छ।

१९औँ शाताब्दीबाट सुरु भएको फेशन उद्योग आजसम्म आईपुग्दा धेरै परिवर्तन र विकास भईसकेको छ। रचनात्मक क्षमता र विचारको समिश्रणलाई फेशनको परिभाषामा सजिलै अटाउन सकिन्छ। 

फेशन यस्तो समयको माग हो– जो कहिल्यै किमार्थ टिकाउ रहदैन्। नयाँ समयले नयाँ डिजाइनको फेशन तयार गर्छ। जसले यो स्पष्ट हुन्छ की, फेशन एक समयको ट्रेन्डपनि हो। 

नेपाली बजारमा भित्रने फेशन ट्रेन्डहरु मुख्यतया पश्चिमी संस्कृतबाट प्रभावित देखिन्छन्। विशेषगरी युवा युवतीहरुले पश्चिमी ट्रेन्डलाई पछ्याएको पाईन्छ। 

त्यसो त पश्चिमी फेशनको प्रभाव नेपालमा मात्र नभई भारतमा पनि देखिन्छ। बलिउडका थुप्रै अभिनेता र अभिनेत्रीहरुले पश्चिमी सभ्यताबाट आएको फेशन पहिरिदै आएका छन्। नेपाली बजारको फेशन ट्रेन्डलाई बलिउडसँग तुलना गर्ने हो भने, निकै अन्तरपनि पाईन्छ। 

पछिल्लो समय मानिसलाई आफ्नो पहिरन, रुप र सुन्दरताबारे चिन्ता हुन थालेको छ। जसले गर्दा नेपाली बजारमा नयाँ नयाँ फेशन ट्रेन्डहरु भित्रिएका छन्। जुन सुखद पक्षपनि हो। तर नयाँ फेशन ट्रेन्डलाई पछ्याउने भन्दैमा आफ्नो सभ्यता र मौलिकतालाई बिर्सनु भने हुँदैन।

नेपाली समाजमा पनि थुप्रै मौलिक फेशनहरु नभएका होईनन्, तर भएका फेशनहरुपनि लोपोन्मुख अवस्थामा छन्। बाह्य संस्कृतिको प्रभावले नेपाली सभ्यतालाई खतरामा पारेको सत्यलाई नकार्नपनि सकिन्न। जसको उत्थानको लागि पछिल्लो पुस्ताका युवा–युवतीहरुले नै सोच्नुपर्छ।



सैनिक शासनबाट पिल्सिएको म्यान्मारको यस्तो हाल

चण्डीपाठ गर्ने कमरेड

बेलायतकाे घाेषित नीतिका कारण 'भिक्टोरिया क्रस' नपाएका करवीर पुन

जो गणितको दृश्य देख्छन् 

प्रकाशित मिति: : 2021-03-20 10:09:00

प्रतिकृया दिनुहोस्