पहिलोपोष्ट
'ठूलो पेट एक हप्तामै गायब'
'मोटो पेट सात दिनपछि गायब'
यस्तै लेखिएका विज्ञापन तपाईँको फेसबुक वालमा कति आएको छ? अनि कतिपय ठूलो पेट भएका मानिसले घटाउनका लागि यस्तो विज्ञापनको साहरा त लिनु भएको छैन?
पछिल्लो समय मानिस पेट घटाउन दैनिक एक्सर्साइजदेखि खानपानमा समेत ध्यान दिन्छन्। तर, कसैले ग्रिन टी खाएको भरमा कुनै विना एक्सर्साइज, बिना डाइटिङ्, कुनै साइट इफेक्टबिना सात दिनमा तेह्र किलो तौल घटाउन सकिन्छ भन्यो भने के गर्नुहुन्छ?
केही मानिसले ग्रिन टी र बजारमा आएका विभिन्न प्रोडक्ट प्रयोग गर्ने गरेका छन्, यस्तै सूचनाकै भरमा।
यसरी प्रयोग हुने प्रोडक्ट कत्तिको स्वास्थ्यकर हुन् त?
एक पटक हेरेर वा बुझेर मात्र किन्नु होला। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले यसरी पेट घटाउने भन्दै उपभोक्तालाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा एक जना रसियन नागरिक समेत रहेका छन्। ब्युरोको टोलीले कास्की पोखरा महानगरपालिका स्थायी ठेगान भएर हाल खुसिबु बस्दै आएका ४२ वर्षीय आशिष आचार्य र रसियन नागरिक इगोर कुटसलाई नियन्त्रणमा लिएको हो। ब्युरोले शुक्रवार पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरेको छ।
उनीहरूले विभिन्न नामको फेसबुक एकाउन्ट खोलेर ग्रिन कफीले मोटोपन घटाउने भन्दै विज्ञापन गरेका थिए। तर, उनीहरूले प्रचार गरे अनुसारको काम नगरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको ब्युरोका प्रमुख डीआइजी सहकुल थापाले बताए।
'एक महिना लामो अनुसन्धानपछि हामीले उनीहरूलाई नियन्त्रणमा लिएका हौँ। आफैँ नै ग्राहक बनेर पुगेका थियौँ। पछि उजुरी पनि आउने क्रम बढेकाले नियन्त्रणमा लिएका हौँ,' डीआइजी थापाले भने।
९ सय ६० को कफी ४० हजारसम्म बिक्री !
सन् २०२० मेमा रसियन नागरिक नेपाल आए। त्यसपछि उनले नेपालमा बिजनेस गर्न खोजेको र पार्टनर चाहिएको बताएका थिए। त्यही क्रममा उनको भेट अशिषसँग भएको थियो। आशिषले रसियन नागरिकको प्रस्तावलाई स्वीकार गरे। आफ्नै घरको फ्ल्याट भाडामा दिएर उद्योग खोले। ग्रिन कफी उत्पादन गर्ने भए उनीहरुले।
कम्पनी रजिष्ट्राको कार्यालयमा कम्पनी समेत दर्ता गराए। कानुनी सबै प्रक्रिया पूरा गरे। कम्पनीको लगानीदेखि योजना सबै रसियन नागरिकको थियो। तर, कानुनी रुपमा कम्पनी आशिषको नाममा खडा भयो। कम्पनीको नाम रह्यो टीम वान सप्लायर्स प्रालि।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया