८० युवालाई होटेल तालीम प्रदान

कोथिना मीठो छ नामक होटेल तालीम केन्द्रको आयोजनामा असी युवालाई होटेल तालीम प्रदान गरिएको छ।  

होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्र्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेन्डर तथा वेटर तालीम सम्पन्न गरेको हो। तालीम सम्पन्नसँगै उक्त विद्यार्थीलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ। 

कार्यक्रममा ग्यास्टोनोमी टुरिजम एसोसिएशन अफ नेपालका अध्यक्ष एवम् नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतले विद्यार्थीले सीप सिकेसँगै रोजगार प्राप्त हुने र उनीहरु लाभान्वित हुने बताए।

इन फ्लाइट सेफ वेद अधिकारी, वरिष्ठ प्रशिक्षक लक्ष्मी भारतीलगायतले तालीमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि भएको उल्लेख गरे।

एक दशकदेखि सेवा प्रदान गर्दै आएको होटेल तालीम केन्द्रले अहिलेसम्म दुई हजारभन्दा बढी विद्यार्थीलाई होटेलसम्बन्धी विभिन्न तालीम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-03-19 16:23:00

प्रतिकृया दिनुहोस्