अत्याचार हेर्न नसकेर भारत आइपुगेका म्यानमारका सैनिक जवान भन्छन्– म्यानमारमा मलाई मृत्युदण्डले पर्खिरहेको हुनेछ

कुङ्गा २४ वर्षका युवक हुन्। उनी केही दिनअघिसम्म म्यानमारको सेनामा थिए।

गत १ फेब्रुअरीमा म्यानमारमा सैनिक कु भएपछि उनको जिम्मेवारी फेरियो। सेनाले उनलाई सरकारको आदेशको अवज्ञा गर्ने समूह वा व्यक्तिको सुराकी गर्न खटायो। उनकै सुराकीका आधारमा सेनाले प्रदर्शनकारीलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको कारबाही गथ्र्याे।

उनी भारतको मिजोरम र मणिपुरसँग सीमा जोडिएको चेन राज्यमा कार्यरत थिए। चेन उनको गृहजिल्ला पनि हो। 

आफ्नै सहरका नागरिकको सुराकी गर्नुपर्दा र उनकै सुराकीका आधारमा सेनाले सर्वसाधारणमाथि निर्मम व्यवहार गर्दा उनी खुसी थिएनन्। त्यो दृश्यपछि उनले सेनाको जागिर त्याग्ने निर्णय गरे। जिम्मेवारी छाडेर उनी नागरिक अवज्ञा अभियान (सिडिएम)मा सहभागी भए अर्थात् उनी सेनाको जागिर छाडेर भारत आइपुगे। 

प्रकाशित मिति: : 2021-03-19 05:59:00

प्रतिकृया दिनुहोस्