ट्रेकिङ व्यवसायीको पीडा : बन्दाबन्दी खुले पनि व्यवसाय ठप्प

नरहरि पौड्याल

 कोरोना संक्रमण (कोभिड–१९) का कारण अन्नपूर्ण पदयात्रामा जाने पर्यटक नपाउँदा ट्रेकिङसँग सम्वद्ध व्यवसायी संकटमा परेका छन् । बन्दाबन्दी खुलेको लामो समयसम्म पनि अन्नपूर्ण पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमन नभएपछि पथप्रदर्शक (ट्रेकिङ गाइड) र सम्वन्धित व्यवसायीहरु धरासायी बनेका हुन् ।

बन्दाबन्दी खुलेको लामोसमय बितिसक्दा समेत पदयात्राको चर्चित गन्तव्यमा जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमन नहुँदा वर्षौंदेखि पथप्रदर्शक व्यवसायमा संलग्न ठूलो संख्याका मजदूर र त्यससँग सम्बन्धित व्यवसायमा संलग्न व्यवसायीहरु समस्यामा परेका हुन् ।

गत मंसिरदेखि पूर्णरुपमा लकडाउन हटेपछि आन्तरिक पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट र प्याराग्लाइडिङ व्यवसायीलाई केही राहत मिले पनि पर्यटनसँग सम्बन्धित अन्य व्यवसायी भने समस्यामै छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न पर्यटकीय गन्तव्यसम्म पदयात्रा गराउने गाईड, मजदूर र ट्रेकिङसँग सम्वद्ध अन्य व्यवसायीले लामो समयदेखि समस्या झेल्दै आएका छन् । खासगरी अन्नपूर्ण आधार शिविर जाने पर्यटक नपाउँदा उनीहरु समस्यामा परेका हुन् । पदयात्राका लागि विदेशी पर्यटककै भर पर्नु परेकाले पनि व्यवसायी समस्यामा परेका हुन् । अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वकै १० उत्कृष्ट मध्येमा पर्छ ।

प्रकाशित मिति: : 2021-03-18 11:51:00

प्रतिकृया दिनुहोस्