'महिनावारी भएकाले छुँदा कसैलाई दाग लाग्यो, एलर्जी भयो कि के भयो?' (भिडिओ)

सेतोपाटी

काठमाडौँ

मेरो पहिलो महिनावारी चौध वर्षको उमेरमा भएको थियो। त्यो बेला म कक्षा सातमा पढ्थेँ। 

जाडोयाम भर्खर सुरू भएको थियो र बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दुखिरहेको थियो। त्यो दुखाइ अन्य बेलाभन्दा अलि फरक थियो। ग्यास्ट्रिकले दुखेको होला भनेर मैले त्यति वास्ता गरिनँ। तर स्कुलमा हुँदा नै दिउँसोतिर मलाई महिनावारी भयो। 

सुरूमा त महिनावारी भएको हो कि होइन भनेर झुक्किएकी थिएँ। साथीहरूले साँच्चिकै भएको हो भनेर बुझाएपछि विश्वास गरेँ। घरमा आमा महिनावारी भएको देखिरहेको र स्कुलमा पनि यो विषय पढाएकाले म धेरै आत्तिइनँ।

महिनावारी भएको थाहा पाएपछि आमालाई सुनाएँ। बरू आमा उल्टै आत्तिनुभयो। उहाँले यो कुरा कसैलाई नभन्न सिकाउनुभयो, मानौं त्यो कुनै डरलाग्दो विषय थियो। 

प्रकाशित मिति: : 2021-03-18 09:57:00

प्रतिकृया दिनुहोस्