सरकारकै कारण फेष्टिभलहरु एनजीओका एजेन्डा बोक्न वाध्य भए

बाह्रखरी

काठमाडौँ

नेपालका फिल्म फेष्टिभल सुरु भएको तीन दशक नाघिसकेको छ। यसबीचमा कति फेष्टिभल एकाध वर्ष आयोजना भएर बन्द भइसकेका छन्। स्पोन्सर अभावमा फेष्टिभलहरु बन्द हुँदै आएका छन्। अहिले सञ्चालनमा रहेका फेष्टिभलका आयोजकहरु पनि अवस्था अहिलेको जस्तै रहे आर्थिक अभावकै कारण जुनसुकै समय फेष्टिभल बन्द हुनसक्ने बताउँछन्। सरकारले पर्याप्त सहयोग नगर्नु र निजी क्षेत्रले चासो नदेखाउँदा फेष्टिभलहरुले आर्थिक अभाव झेल्नु परेको आयोजकहरुको भनाइ छ। आउँदो वैशाख २३–२७ सम्म नेपाल इन्टरनेशनल फिल्म फेष्टिभल (निफ) आयोजना हुँदै छ।

आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक सरकारले पर्याप्त सहयोग नगरेको र कर्पोरेट हाउसहरुले फेष्टिभललाई अवार्डका रुपमा बुझ्न नसकेको बताउँछन्। आर्थिक अभावका कारण फेष्टिभलहरुले एनजीओका एजेन्डा बोकेर हिँड्नुपर्ने बताउँछन्। 

 

प्रकाशित मिति: : 2021-03-17 06:51:00

प्रतिकृया दिनुहोस्