संसद् फेरि जोखिममा : शीतलनिवासमा जे भयो

बैठकको प्रारम्भमा संक्षिप्त लिखित भाषण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘कोभिड– १९ पछि यसरी सामूहिक छलफल र भेट भएको थिएन। बसौँ, चिया खाऔँ भनेर बैठक बोलाएको हुँ। अर्को म बंगलादेशको भ्रमणमा पनि जाँदै छु, यो विषय पनि तपाईंसँग राख्न चाहेको हुँ। हामीले शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तनको विषयमा पनि छलफल गर्ने वेला आएको छ।’

लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा छोटो बोले, ‘राष्ट्रपतिज्यूलाई बंगलादेशको भ्रमणका लागि शुभकामना छ।’

देउवाको नजिकै बसेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘संविधान र लोकतन्त्रमाथि प्रहार हुने गरी संसद् विघटन गर्दा यस्तो छलफल गर्नुभएन। अहिले यो छलफलको के अर्थ? संसद् पुनस्र्थापना भएको छ, अब अहिले अरू विषयमा के सल्लाह चाहियो? के परामर्श चाहियो?’

प्रकाशित मिति: : 2021-03-17 06:14:00

प्रतिकृया दिनुहोस्