बाइडेनलाई उत्तर कोरियाको चेतावनी- '४ बर्षको कार्यकाल शान्तिसँग बिताउन गोली र बारुदको गन्धबाट टाढा रहनुस्'

बिएल संवाददाता

वासिङ्टन डीसी

उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनकि बैनी तथा प्रमुख सल्लाहकार किम यो जोङ्गले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आफ्नो निन्द्रा गुमाउनु पर्नेगरि कुनै काम नगर्न चेतावनी दिएकी छन्।

आमेरिकाका विदेशमन्त्री एंटनी ब्लिंकन र रक्षा मंत्री लॉयड ऑस्टिन उत्तर कोरियामा भ्रमण जाने योजना तय भईरहदा यस्तो चेतावनी आएको हो।

अमेरिकाले उनीहरुलाई अन्य देशहरुसँगको द्वन्द्ध र राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न उत्तर कोरिया, दक्षिण कोरिया र जापान पठाउने योजना बनाईरहेको थियो। तर उक्त योजनामा तय भईरहदा उत्तर कोरियाबाट आएको यस्तो चेतावनीलाई परराष्ट्रविदहरुले अर्थपुर्ण रुपमा हेरेका छन्।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको र पहिले भएको सयुंक्त सैन्य अभ्यासको  विरोध गर्दै आएको छ। किम यो जोङ्गले अमेरिकी राष्ट्रपति बाइडेनलाई भनेकी छन्, 'आफ्नो चार बर्षको कार्यकाल शान्तिसँग बिताउन गोली र बारुदको गन्धबाट टाढा रहन रहनुस्।'

अमेरिका र उत्तर कोरियाबीचको सैन्य द्वन्द्ध खतम गर्न सन् २०१८ मा दुई देशबीच सम्झौता भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन। 

प्रकाशित मिति: : 2021-03-17 06:08:00

प्रतिकृया दिनुहोस्