बूढानीलकण्ठ स्कुल, जहाँ छिर्नुअघि विद्यार्थीले भुल्नैपर्छ आफ्नो थर

शिलापत्र

दिनेश गौतम

वीरेन्द्र ओली

शिवपुरीको आँगन । चराहरूको चिरबिरचिरबिर आवाज । बगानमा फुलेका थरीथरीका फूल । फूलमा झुमेका मौरी र पुतली । दायाँबायाँ ठूला पटाङ्गिनी । हिमालको नामबाट राखिएका भवनहरू । हरिया रुख बिरुवाले घेरेकोे छ भवनहरूलाई । मूलगेटमै शिवपुरीको चिसो सिरेटोले स्वागत गर्न आइपुग्छ । 

बूढानीलकण्ठ स्कुलको प्राङ्गणमा उभिँदा लाग्छ, यो ‘शिक्षा संग्रहालय‘ हो, जहाँ पूरा नेपाल अवलोकन गर्न पाइन्छ । आज हामी यही ‘शिक्षा संग्रहालय‘ अर्थात् बूढानीलकण्ठ स्कुल घुमाउनेछौँ । 

स्कुल प्राइभेट हो कि सरकारी ? हाम्रो बच्चा पनि यहीँ पढाउन पाए ! यत्रो ठूलो स्कुलमा हाम्रो बच्चाले पढ्न पाउला ? धनीका छोराछोरी मात्र पढ्ने होला । गरिबका छोराछारीले त  ढोकाबाट चियाउन पनि पाउँदैनन् होला ।  बूढानीलकण्ठ स्कुल भन्नेबित्तिकै धेरैको मन मस्तिष्कमा यिनै प्रश्न घुम्छन् । वास्तवमा स्कुल घुमेपछि यी प्रश्न गलत सावित हुन सक्छन् । 

प्रकाशित मिति: : 2021-03-16 21:54:00

प्रतिकृया दिनुहोस्