सन्ताेष बराइली
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव समूहले चैत ४ गते बोलाएको राष्ट्रिय भेला पार्टी नियम विपरीत भएको बताएका छन्।
बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'माधवजीहरूले ४ गते राष्टिय भेला बाेलाउँदै हुनुहुन्छ रे, यो पार्टी नियम विपरीत छ।'
उक्त कार्यक्रममा सहभागी नवनियुक्त नेकपा एमालेका केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीका अनुसार प्रधानमन्त्री ओलीले अपराध गर्नेहरूलाई स्वागत नगर्ने तर एक पटकलाई स्वीकार्ने बताए।
'प्रधानमन्त्री ओलीले माधव समूहलाई पार्टीमा आएर तत् तत् ठाउँमा बसेर अनुशासित भएर काम गर्न अनुराेध गर्नुभएको छ' सदस्य बलम्पाकीले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा भाँडभैलो मच्चाउने काम भएको बताएका छन्।
बालुवाटारमा मंगलबार आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटै पार्टीमा बसेर अराजकता, अनुसाशनहिनता, विधि विधान विपरीत काम, पार्टीका एकताविरोधी क्रियाकलापमा छुट हुने नहुने बताए।
उनले भने ‘अब उप्रान्त अराजकता, अनुसाशनहिनता, विधि विधान विपरीत काम कारवाही, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन। ती कुराहरु मान्य हुन सक्दैन। त्यस्ता कुराहरुलाई हामी सहेर बस्न सक्दैनौँ। अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने। यो हुरा चाहीँ हुन सक्दैन।’
ओलीले भने, “जंगलको राज चलाउने, विधि पद्धतिका कुरा गर्ने? लोकतान्त्रिक मूल्यमान्यता, नियम कानुन, देशको संविधान केहीको मतलव छैन। अहंकार, स्वेच्छाचारी। अब पार्टी ७५ जेठ ३ अघिको अवस्थामा फर्कियो भनेपछि पनि केही मानिसहरु छुट्टै भेला, बैठक गर्दैछन्। निहुँ खोज्दैछन्। भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, राष्ट्रिय भेलाबाट केके समानान्तर कमिटी बनाउने रे ! समानान्तर होइन अब अर्को कमिटी बन्ला।’
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आयोजित चियापान समारोहमा निम्तो पाएर पनि नआएको माधव नेपाल समूहप्रति कटाक्ष गरेका छन्।
प्रधानमन्त्री ओलीले भोली नेपाल समूहले आयोजना गर्न लागेको भेलामा सरिक नहुन सबै नेता–कार्यकर्तालाई आग्रह गरेको चियापानमा सहभागी एमाले नवनियुक्त केन्द्रीय सदस्य टेकबहादुर कलम्पाकीले जानकारी दिएका छन्।
एमाले केन्द्रीय सदस्य तथा सांसदहरू सहभागी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, 'प्रधानमन्त्री र पार्टी अध्यक्षले निम्ता दिएको चियापानमा माधबजीहरू नआउने अनि कसका चियापानमा जाने! मैले यतिभनेपछि उहाँहरू कसको चियापानमा जानुहुन्छ तपाँईहरूले बुझिहाल्नु हुन्छ।'
एमाले पार्टीमा अराजकता र एकताविरोधी क्रियाकलाप गर्न कुनैपनि नेतालाई छुट नहुने भन्दै सचेत समेत गराएका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया