दस लाख डलर पाउँदा पनि चिनियाँले नबेचेको नेपाली चित्रकारको पेन्टिङ

सेतोपाटी

काठमाडाैं

सबिना श्रेष्ठ

चीनमा नेपाली कलाकारले बनाएको एउटा चित्र निकै प्रसिद्ध छ। जसरी मोनालिसाको चित्रको नक्कल उतारेर मान्छेहरूले सजाउँछन्, त्यसरी नै त्यसको नक्कल उतारेर आफ्नो घर, मोबाइल अनि ल्यापटपका स्क्रिनहरू मान्छेले सजाएका छन्। 

एक जनाले त दस लाख डलर (करिब एघार करोड रूपैयाँ) बराबरमा त्यो चित्र किन्छु भनेछन्। तर पनि किन्न पाएनन्। 

भाषा र भूगोलको दुरी कलामार्फत् कम बनाइदिएको त्यस चित्रका सर्जक हुन्, राजप्रकाश तुलाधर। र, त्यो चित्र हो, 'ग्रीन तारा' जसलाई नेपालीमा आर्य तारा भनिन्छ।

आर्य तारा भन्नासाथ हरियो अनुहार र ज्यान भएकी, एक हातमा निलो र अर्कोमा रातो फूल समाउने भगवान हुन्। आर्य ताराको आँखाले एकदम मायालु दृष्टिले हेरेको हुन्छ भन्ने दर्शनशास्त्र छ। 

उनको एउटा खुट्टा माथि र एउटा तल हुन्छ। आर्य ताराले हरेक जीवलाई आफ्नो सन्तानसरह स्याहार गर्छिन् भन्ने मान्यता छ। बोधिसत्वहरू जस्तोसुकै समयमा आर्य तारा मद्दतका लागि पुग्छिन् भन्ने विश्वास राख्छन्। त्यसैले उनको बसाइ मुद्रा एक खुट्टा उठ्न सहज हुने शैलीमा तयार पारिने चित्रकारहरू बताउँछन्। 

आर्य तारा तिब्बत र मंगोलियामा समेत संरक्षक देवीका रूपमा पूजनीय छन्।

 

प्रकाशित मिति: : 2021-03-16 14:21:00

प्रतिकृया दिनुहोस्