सत्ताको दौडले फुट्न लागेको हो जसपा?

पहिलोपोष्ट

काठमाडौँ

कमलराज भट्ट

जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा सांसदहरुको बैठक आइतबार सिंहदरवारमा बस्यो। बैठकको निष्कर्ष पार्टी फुट्न नदिन नेतृत्वलाई दबाब दिने रह्यो। मधेसका एजेण्डा सम्बोधनका लागि गठित पार्टीको कार्यदलले सरकारसँग वार्ता गर्ने र कार्यदलले गर्ने सहमति पार्टी नेतृत्वले मान्नुपर्ने निष्कर्ष १३ सांसदको रह्यो। १३ सांसदले पार्टी फुट्नबाट जोगाउन बैठक गरेपछि के जसपा फुट्न लागेको हो त भन्ने प्रश्न उब्जिएको छ।

यो प्रश्नको जवाफमा बैठकको चाजोपाजो मिलाउने सांसद प्रमोद साह पार्टी नेतृत्वलाई खबरदारीमात्रै गरिएको बताउँछन्। यो विषयलाई फुटको हिसाबले प्रचार गरिएको भन्दै सत्ता सहकार्यका विषयमा पार्टी आफ्ना एजेण्डामा एक हुनुपर्ने सन्देश आफूहरुले नेतृत्वलाई दिन खोजेको बताए।

पार्टी फुटबाट जोगाउन बैठक हुँदै गर्दा जसपा अहिले सत्ता समीकरणमा निर्णायक बनेको छ। खासगरी सर्वोच्च अदालतले फागुन १३ मा नेकपा ऋषि कट्टेलको नाममा गरेर एकता खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि जसपा नयाँ समीकरणको ‘किङ मेकर’ जस्तै बनेको छ। एकातिर एमाले तथा अर्कोतिर माओवादी केन्द्र र नेपाली कांग्रेसको तानातानमा छ जसपा। तर जसपाका नेताहरु भने जसले आफ्ना एजेण्डा सम्बोधन गर्छ त्यसैलाई समर्थन गर्ने बताइरहेका छन्।

वरिष्ठ नेता राजेन्द्र महतो सत्ता सहकार्यभन्दा मधेस मुद्दा सम्बोधन आफूहरुका लागि ठूलो भएको बताउँछन्।

प्रकाशित मिति: : 2021-03-15 21:25:00

प्रतिकृया दिनुहोस्