अभिनेत्री केकी अधिकारीले फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी छन्।
उनले कपाल मुण्डन गरेपछि ऐनाको अगाडि खिचेका तस्विरहरु इन्स्टाग्राम स्टोरीमा राखेकी छन्।
पहिलो पटक फिल्मका लागि आफ्नो कपाल त्याग गरेकी उनले फिल्मको कथाले मागेका कारण केश मुण्डन गरेको बताएकी छन्।
बोक्सीको घर’ नाटकमाथि आधारित भएर निर्माण भइरहेको फिल्ममा केकीसँगै अभिनेता गौरव पहारीको पनि अभिनय रहेको छ।
सुलक्षण भारतीको निर्देशनमा बनिरहेको फिल्ममा केकीका पिता बद्री अधिकारी निर्माता र निर्देशक विशाल भण्डारी कार्यकारी निर्माताको रुपमा छन्। फिल्मका लागि केकीले कपाल मुण्डन गरेपछि धेरैलाई सो लुक्सले आकर्षित गरेको छ।