उपप्रधानमन्त्रीले गरे झुटो दाबी !

बाह्रखरी

काठमाडाैं

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल 'प्रचण्ड', माधवकुमार नेपाल र शेरबहादुर देउवाले सरकारले महिला हिंसाका दोषीलाई दण्डित गर्न ल्याएको अध्यादेश प्रतिनिधिसभामा टेबुल गर्न नदिएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा नेकपा (एमाले) ओली समूहनिकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । “कम्युनिस्ट हुँ भनेर, लोकतन्त्रको पक्षधर छु भनेर नथाक्नेहरुले त्यसलाई टेबुल गर्न दिएनन् । महिलामाथि एसिड आक्रमण गर्ने अपराधीहरुलाई दण्डित गर्न ल्याइएको अध्यादेश टेबुल गर्न दिएनन् । महिलामाथि हिंसा गर्नेहरुमाथि दण्डित गर्ने अध्यादेश थियो, त्यसलाई टेबुल गर्न दिएनन् । त्यसको विरोध गर्ने क्रममा अग्रपंक्तिमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, शेरबहादुर देउवा उभिनुभएको थियो । हामीहरु उहाँहरुका यी कुराहरुलाई घृणापूर्वक अस्वीकार गर्दछौँ,” उनले भने ।

उनले थपे, “महिला हिंसाको विरुद्धमा हामीले जुन कदम चालेका थियौँ, त्यो चिज कायम रहनेछ । एसिड आक्रमण गर्ने अपराधीहरुलाई दण्डित गर्ने कुरा, बलात्कारजस्तो जघन्य अपराध गर्नेहरुलाई कानुन बनाएर दण्डित गर्नेछौँ । यो कुरा पनि तपाईंहरुलाई म विश्वास दिलाउन चाहन्छु ।”

प्रकाशित मिति: : 2021-03-14 06:36:00

प्रतिकृया दिनुहोस्