अमेरिकी राष्ट्रपतिको बयानलाई गलत अर्थ नलगाउन प्रवक्ता साकीको आग्रह

बिएल संवाददाता

वासिङ्टन डीसी

भारतीय नागरिकहरुले अमेरिकामा आफ्नो प्रभुत्व कायम राख्दै गएको भन्ने राष्ट्रपति जो वाइडेनको भनाइलाई गलत रुपमा नलिन राष्ट्रपति कि प्रवक्ता जेन साकीले आग्रह गरेकी छन्।

प्रवक्ता साकीले राष्ट्रपतिले भारतीय अमेरिकीहरुले विज्ञानको क्षेत्रमा दिएको योगदानलाइ सम्मान दिएको भन्दै त्यसको गलत अर्थ नलगाउन आग्रह गरेकी हुन्।

नासाकि इन्जिनियर तथा मङ्गल ग्रह मा 'रोवर पर्सिवरेंस'लाइ अवतरण गर्ने प्रक्रियालाइ निर्देशन दिने स्वाती मोहनसँग भर्चुअल बैठकमा राष्ट्रपति वाइडेनले अमेरिकामा भारतीयहरुको निकै ठुलो योगदान रहेको बताएका थिए। साथै वाइडेनले  अमेरिका उपराष्ट्रपति र आफ्नो भाषण लेख्ने भारतीय मूलका रहेको भन्दै प्रंशसा गरेका थिए।

राष्ट्रपति वाइडेनले प्रशंसा गरेर दिएको बयानलाई केहि भारतीय अमेरिकनहरुले  गलत अर्थमा वाख्या गरेको भन्दै राष्ट्रपति कि प्रवक्ता साकीले यस्तो आग्रह गरेकी हुन्। 

प्रकाशित मिति: : 2021-03-13 10:20:00

प्रतिकृया दिनुहोस्