शरीरमा चाया पोतो किन आउँछ, कसरी गर्ने उपचार? (भिडिओ)

सेतोपाटी

काठमाडौँ

शरीरमा आउने पोतोलाई हामी एक किसिमको छाला रोगको रूपमा लिन्छौं। यो एक किसिमको कस्मेटिक रोग हो। यसले बढी मानसिक तनाव गराउँछ। यो सबैभन्दा बढी मुखमा हुन्छ भने पुरूषको तुलनामा महिलालाई धेरै हुन्छ।

घाममा धेरै बस्दा अनि वंशानुगत कारणले पनि चाया पोतो हुन्छ। गर्भ निरोधक पिल्स, छारे रोगको औषधि खानेलाई पनि हुन्छ। कतिपय हर्मोनका कारणले पनि पोतो आउँछ।

१० प्रतिशतलाई कुनै कारण नभइ यस्तो हुन्छ। चाया, पोतो धेरै मुखमै आउँछ। प्राय गरेर गालाको माथिल्लो भागमा, नाकमा, निधारमा अनि चिउडोमा आउँछ।

प्रकाशित मिति: : 2021-03-13 08:20:00

प्रतिकृया दिनुहोस्