कोभिड-१९ राहत प्याकेज अनुमोदन हुनु ठुलो उपलब्धी भएको अमेरिकी राष्ट्रपति बाइडेनको ठहर

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले कोभिड-१९ राहत  प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण उपलब्धी मानेका छन्।    

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड- १९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कंग्रेस) ले अनुमोदन गरेको थियो। 

बाइडेन ह्वाइटहाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कंग्रेसबाट उक्त विधेयक पारित भएको हो।

यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिनअघि बहुमतका आधारमा पारित गरिसकेका छन्। 

प्रकाशित मिति: : 2021-03-13 06:26:00

प्रतिकृया दिनुहोस्