पछिल्लो समय आफू अनुकूल सत्ता समीकरण बनाउन दलहरू दौडधूपमा व्यस्त छन्।
अदालतले पूर्ववत् पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताउने फैसला गरेपछि प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेका छन्। यद्यपि माओवादी केन्द्रले प्रधानमन्त्रीलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता गरेको छैन।
संसदको अंकगणित हेर्दा ३ प्रकारका सत्ता समीकरण बन्न सक्ने अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ। ती हुन् – पहिलो जसपाको समर्थनसहित ओली नै प्रधानमन्त्री बन्ने, दोस्रो एमालेलाई प्रतिपक्षमा राखेर कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बनाउने र तेस्रो एमाले र माओवादीको गठबन्धन कायमै राखेर अर्को कुनै नयाँ प्रधानमन्त्रीको खोजी गर्न।