एक फिल्म, चार कथा (हेर्नुस् युट्युबमा)

सेतोपाटी

काठमाडौँ

भारतको 'सिप अफ थिसस' वा चीनको 'टच अफ सिन' एउटै सिनेमा भित्र अलग-अलग कथा भन्ने अब्बल फिल्म हुन्। फरक कथाका बाबजुद ती कथालाई एकअर्कासँग गाँसिराख्न सक्नु यी फिल्मको विशेषता हो।

त्यस्तै विशेषताले भरिएको फिल्मको सूचीमा भारतीय निर्देशक ओनिरको 'आइ एम' पनि पर्छ। 

आइ एममा चार फरक कथा छन्। 'आफिया', 'मेघा', 'अभिमन्यू' र 'ओमार' चार फिल्मको समग्र नाम 'आइ एम' हो। विभिन्न सामाजिक महत्वका मुद्दा छुने यी चार कथा एकअर्कासँग अलग हुँदाहुँदै पनि अन्तर्सम्बन्धित छन्। भय यी सबै फिल्मको थिम हो।

प्रकाशित मिति: : 2021-03-12 20:51:00

प्रतिकृया दिनुहोस्