चीन र अमेरिकाबीच उच्चस्तरिय रणनीतिक वार्ता हुने

Globalriskinsights

चिनियाँ वरिष्ठ अधिकारीहरुले आउँदो मार्च १८ र १९ मा अमेरिकी समकक्षीसँग उच्चस्तरिय रणनीतिक भेटवार्ता गर्ने भएका छन्।

अमेरिकाको निमन्त्रणामा हुन–गइरहेको वार्तामा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको विदेश व्यूरो सदस्य र सीपीसी केन्द्रिय समितिको बैदेशिक सम्बन्ध आयोग निर्देशक याङ्ग जिएची, चिनियाँ स्टेट काउन्सलर र विदेश मन्त्रि वाङ्ग यी सहभागी हुने छन्।

अमेरिकी प्रतिनिधिमण्डलको तर्फबाट विदेश मन्त्री एंटनी ब्लिंकेन र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन सहभागी हुने बताइएको छ।

एङ्क्रेज (अलास्का)मा हुने भेटवार्ताका विषयमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले पुष्टि गरेका हुन्।

प्रकाशित मिति: : 2021-03-12 06:39:00

प्रतिकृया दिनुहोस्