सशस्त्र द्वन्द्वको पीडा : बालखैमा अङ्गभङ्ग, जीवनभर सास्ती

शिलापत्र

काठमाडौं

भनिन्छ, ‘समयसँगै घाउ पनि पुरिन्छन्।’ तर, केही घाउ यस्ता हुन्छन् जो समयक्रमसँगै बल्झिन्छन्। झन्-झन् गहिरा हुँदै जान्छन्। उमेर क्रमसँगै ती घाउले दिने पीडाको डोज पनि बढ्छ।

ललितपुरको झम्सिखेलस्थित एक क्याफेमा भेटिए, कपिलवस्तुकी तुलसी परियार, दाङकी अनिता चौधरी, कास्कीका रामचन्द्र बिक र म्याग्दीका सुरेन्द्र खत्री।

१४ वर्षअगाडि समाप्त भएको माओवादी सशस्त्र विद्रोहले फरक-फरक भूगोलका यी चार जनालाई एकै ठाउँमा हुत्याइदियो।

तत्कालीन विद्रोही माओवादी र सरकार पक्षबीच १० वर्षसम्म चलेको सशस्त्र युद्धले उनीहरूलाई विकलाङ्ग बनाएपछि चारै जनाको घाउ र पीडा उस्तै दुखिरहन्छ आजपर्यन्त। 

उनीहरू सरकार वा विद्रोही पक्षमा सामेल भएर विकलाङ्ग भएका होइनन्। सरकार र विद्रोही पक्षले बेवारिसे छाडेका बमले उनीहरूका शरीरका अङ्गसँगै जीवनका खुसीहरू पनि चुँडायो। जतिखेर उनीहरू बेवारिसे बमको सिकार भए, त्यतिखेर उनीहरू बालक नै थिए। 

वैशाख २०६२ माओवादी सशस्त्र विद्रोह समाप्तिको चरणमा पुग्नै आँटेको थियो। आठ वर्षकी थिइन्, तुलसी परियार। तुलसीको परिवार भूमिहीन नै भए पनि सरकारी जमिनमा सानो घर थियो। सरकारी जमिन छाडेर आफैँले जग्गा किनेर घर बनाउने सोचसहित तुलसीको परिवार एक-एक पैसा जोडजाम गरिरहेको थियो।

प्रकाशित मिति: : 2021-03-11 17:49:00

प्रतिकृया दिनुहोस्