पर्वतिय पथप्रदर्शकलाइ खुशिको खबर–सरकारले स्वदेशी माउण्टेन गाइडलाइ परिचय पत्र दिने

लामो समयदेखि पर्वतिय पर्यटनमा ठुलो योगदान दिदै आइरहेको पर्वतिय पथप्रदर्शकलाइ खुशिको खबर आएको छ। पर्यटन क्षेत्रमा काम गरेका स्वदेशि गाइडहरुले परिचय पत्रविना काम गर्न बाध्यता थियो।

उनीहरुले हिमालमा जोखिमपुर्ण काम गर्दा लाइसेन्स विना काम गर्नको पिडा र अपमान सहनु परेको कथा निरन्तर सुनाउदै आएका थिए।

संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय, पर्यटन विभागद्वारा गाइडलाइ परिचय पत्र दिने निर्णयसंगै यो अन्योलताको अन्त्य भएको छ।

यो निर्णयसंगै नेपाल पर्वतारोहण संघले उत्पादन गरेका स्वदेशी माउन्टेन गाइडहरुमाझ खुशीयाली छाएको छ। 'स्वदेशी गाइडलाइ परिचय पत्र दिने नेपाल सरकारको निर्णय सराहनिय तथा स्वागतयोग्य छ' एनएमएका कार्यसमित सदस्य तथा पर्वतिय पथप्रदर्शक सञ्जिव गुरुङले बिएल नेपाली सेवालाई बताए।

नेपाल सरकारले स्वदेशी गाइडको मर्म बुझेको छ, अब थप उत्साह र जिम्मेवारपुर्वक पर्वतिय पेशामा लाग्नेछौ। अन्तराष्ट्रिय माउन्टेन गाइडहरुले भने लामो समय देखि यसको विरोध गर्दै आएका थिए।

समाजिक सञ्जालमा उनिहरुले विरोधका स्वरहरु उठाएका छन। हाल नेपालको पर्वतिय पर्यटनमा ६० जना जति अन्तराष्ट्रिय गाइड कार्यरत छन भने ३ हजारको हाराहारीमा स्वदेशी गाइड रहेको आंकलन गरिएको छ।

प्रकाशित मिति: : 2021-03-11 16:09:00

प्रतिकृया दिनुहोस्

    Dherai ramro khabar sunna pauda khusi lagyo.

    • 3 बर्ष अगाडि
    • Ram Kaji Tamang