शिव र शक्त्तिको मिलन भएको रात : अर्थात् महाशिवरात्रि

आयोमेल

काठमाडाैं

वसन्तकुमार उपाध्याय

भगवान शिव अर्धरात्रिमा शिवलिंग रूपमा प्रकट भएका हुन् भन्ने विश्वास छ। त्यसैले शिवरात्रि व्रत अर्धरात्रिमा रहने चतुर्दशीलाई ग्रहण गर्नुपर्छ। 

पशुपतिमा पशुपतिनाथकै कृपाले ओम गुरु भेटिनुभयो, सन् २०१४ मा। उहाँसँग एउटा आश्रममा आयोजना गरिएको यज्ञमा पहिलो भेट भएको सम्झना छ। 

उहाँले नै पशुपतिनाथको मन्दिर परिक्रमा विधिवत गराउनुभयो। (कति जनाले पशुपतिनाथको दर्शन विधि र प्रक्रिया अपनाएर गर्नुभएको छ मनमै राख्नु होला, नगर्नुभएको भए कमसेकम एक पटक जरुर गर्नुहोला।) 

मुलगेटबाट प्रवेश गरिसकेर ब्रह्मा को मन्दिर परिक्रमा गर्दै पशुपतिको दर्शन सुरु भयो शिवरात्रीको अघिल्लो साँझ।

६:१४ बजे हल्का वर्षा भएपछि मन्दिर दर्शनसँगै आरती पनि दर्शन भयो। शिवको महिमा लेख्न सक्ने सामर्थ्य ममा छैन। 

नन्दी, भृङ्गीलाई साथ लिएर ताण्डव गर्ने भगवान शिवका विभिन्न रुप छन्। हामी हाम्रो कुन रुपले शिवको कुन रुपको दर्शन गर्छौं त्यो पनि महत्वपूर्ण कुरा रहन्छ। 

प्रकाशित मिति: : 2021-03-11 12:33:00

प्रतिकृया दिनुहोस्