बैंकहरुले  ‘एग्रेसिभ’ कर्जालाई निरन्तता दिने

File Photo
कोभिड–१९ पछि सुरु भएको  ‘एग्रेसिभ’ कर्जाले कोरोना महामारीमा धेरै ग्राहकलाई टेवा पुर्याएको थियो। फागुनको तीन सातामै बैंकहरुले ७१ अर्बले कर्जा विस्तार गरेको जनाएका छन्। सोही अवधिमा निक्षेप भने ३७ अर्बले मात्रै बढेको छ।

बैंकहरुले ‘एग्रेसिभ’ कर्जालाई निरन्तता दिने भएका छन्।

कोभिड–१९ पछि सुरु भएको  ‘एग्रेसिभ’ कर्जाले कोरोना महामारीमा धेरै ग्राहकलाई टेवा पुर्याएको थियो। फागुनको तीन सातामै बैंकहरुले ७१ अर्बले कर्जा विस्तार गरेको जनाएका छन्। सोही अवधिमा निक्षेप भने ३७ अर्बले मात्रै बढेको छ।

पछिल्लो एक सातामा मात्रै कर्जा २६ अर्बले विस्तार हुँदा निक्षेप भने १४ अर्बले मात्रै बढेको छ।

गएको माघ ३० गते ३३ खर्ब १७ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल कर्जा लगानी फागुन २१ गते आउँदा तीन सातामा ७१ अर्बले बढेर ३३ खर्ब ८८ अर्ब पुगेको छ। सोही अवधिमा बैंकहरुको निक्षेप भने ३७ खर्ब ८६ अर्बबाट बढेर ३८ खर्ब २३ अर्ब पुगेको छ।

प्रकाशित मिति: : 2021-03-11 09:18:00

प्रतिकृया दिनुहोस्