सेतोपाटी
साथीहरू परीक्षामा राम्रो अंक ल्याउने तयारीमा लाग्दा उनी अनलाइन व्यवसायसम्बन्धी नयाँ–नयाँ उपाय सोच्दै घोत्लिरहेकी हुन्थिन्। विदेशी अनलाइन सपिङ साइट चहार्नु र नेपालमा त्यसका सम्भाव्यता अध्ययन गर्नु, पढाइ बाहेकको अर्को दैनिकी थियो उनको।
यही लगन र मिहिनेतका कारण उनी आज युवा उद्यमीका रूपमा परिचित छिन्। उनी हुन् 'अर्बन गर्ल' अनलाइन व्यवसायकी सह-संस्थापक निकिता आचार्य।
सानो सानो असफलताबाट पाठ सिक्दै उद्यमी बनेकी १९ वर्षीया निकिता गत वर्ष फोर्ब्स पत्रिकाको ३० वर्ष कम उमेरका ३० एसियाली प्रभावशाली युवाको सूचीमा परिन्। यो उनका लागि सफलता मात्र होइन, चुनौती र जिम्मेवारी थपिएको अर्को चरण पनि थियो।
विराटनगरमा जन्मिएकी निकिता चार–पाँच वर्ष उमेरमा काठमाडौं आएको बताउँछिन्। जन्मनाता गाँसिएकाले विराटनगर उनलाई आफ्नै लाग्छ। व्यापारिक इतिहासमा विराटनगर धेरै अगाडि छ। व्यवसायमा सफल हुँदै जाँदा उनलाई यो कुराले प्रेरणा दिन्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया