सोमबार, १५ डिसेम्बर २०२५

बाघको आक्रमणबाट महिलाको मृत्यु 

A2Z Samachar.com
• • •

बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मधुवन–३ की २९ वर्षीया रेनुका सुनार रहेकी छन्। घाँस काट्न गएको बेला उनलाई बाघले झम्टेर लगेको सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरले जानकारी दिए। 

 नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गरेर सुनारको मृत्यु भएको हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!