बाह्रखरी
अदालतले नेकपा एमाले ब्युँताएपछि त्यहाँभित्रको संघर्ष पुनः नयाँ शिराबाट उठेको छ । एमाले सुदूरपश्चिम कमिटीले भीम रावललाई कुनै हालतमा प्रदेश इन्चार्ज नस्वीकार्ने बताउँदै उनको नेमप्लेट तोडफोड गरेको छ ।
बुधबार कार्यालय स्थापना गर्ने क्रममा दुई पक्षबीच झडप भएको थियो । झडमा केही घाइतेसमेत छन् ।
बाह्रखरीसँग कुराकानी गर्दै प्रदेश अध्यक्ष कर्ण थापाले ‘एमाले सिध्याउन हिँडेका रावल एमालेमा फर्कने नैतिक आधार नभएको’ भन्दै उनको बोर्ड परिवर्तन गरिएको बताए ।
“हामीले विवादित अवस्थामा पार्टी नचलाऔँ भनेका थियौँ । भीम रावलका उद्दण्डहरूले पार्टी कार्यालय चलाइरहेका थिए । आज हामीले एमालेको बोर्ड पुनःस्थापित गरेका हौँ,” उनले भने, “नेमप्लेट राख्ने सन्दर्भमा विवाद भएको हो । हाम्रो नेता लेखराज भट्ट नै हो ।”
गएको पुस ५ गतेको कदमले पार्टी विभाजित हुँदा केपी शर्मा ओली पक्षले भट्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेको थियो । अदालतले नेकपा एमाले नै ब्युँताइदिएपछि पनि भट्ट नै नेता भएको उनको निष्कर्ष छ । यद्यपि, एकतापूर्व एमालेको सुदूरपश्चिम कमिटी इन्चार्ज रावल नै थिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया