कंलकीबाट दुई महिला पकेटमार पक्राउ 

प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकीमा बिगत लामो समयदेखि विभिन्न गिरोहमा संलग्न रहि चोरी, पकेटमारी तथा ठगीमा सक्रिय रहेका नामुद दुई महिला पकेटमारलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायब निरीक्षक मिठ्ठु खठ्काको नेतृत्वको टोलीले नामुद दुई महिला पकेटमारलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गोंगबु ११ घर भएकी २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ जिल्ला मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन्।

दुबै जना कलंकी र लाम्पाटी एरियाबाट पकेट मार्दै गरेको अवस्थामा नगद रु ३४, ५५० सहित पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिलराज बोहोराले बताए।

डिएसपी बोहोराका अनुसार उनीहरू कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाएर पकेट मार्ने गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई प्रहरी म्याद थप गरी महानगरीय प्रहरी वृत्त कालीमाटी राखिएको छ।
 

प्रकाशित मिति: : 2021-03-10 12:14:00

प्रतिकृया दिनुहोस्