सत्ताको सारथि जसपा

नयाँ सत्तासमीकरणमा जनता समाजवादी पार्टी निर्णायक बनेको छ।

एमाले, कांग्रेस र माओवादीले समीकरणका लागि जसपासँग संवाद थालेका छन्। मंगलबार साँझसम्म जसपाले भावी समीकरणलाई लिएर औपचारिक निर्णय भने लिएको छैन।

प्रतिनिधिसभामा ३४ (हाल कायम ३२) सिट रहेको जसपाले सहयोग गरेमा प्रधानमन्त्री केपी ओलीको सरकारलाई सुविधाजनक बहुमत पुग्नेछ। एमालेसँग एक सय २१ मत रहेकाले जसपाले समर्थन गरेमा ओलीसँग एक सय ५३ मत पुग्नेछ। सरकार बनाउन अहिले १३५ मत पर्याप्त हुन्छ।

प्रकाशित मिति: : 2021-03-10 05:41:00

प्रतिकृया दिनुहोस्