घुम्दैफिर्दै धुम्बाराही

बाह्रखरी

काठमाडाैं

 अक्षर काका

राजनीतिमा कहिलेकाहीँ संवादभन्दा दृश्य शक्तिशाली हुन्छ । एउटै दृश्य परिस्थिति, मनस्थिति दर्शाउन पर्याप्त भइदिन्छ । 

सोमबार साँझ ढल्कँदो थियो । सर्वोच्च अदालतले आइतबार नेकपा नाम ऋषि कट्टेललाई दिँदै एकीकृत पार्टीलाई एमाले र माओवादी केन्द्रकै अवस्थामा फर्काइदिएपछि जिज्ञासु नेता–कार्यकर्ता एकतापछि सुनसान बनेको र पुस ५ गतेयता बौरिएको पेरिसडाँडामा उत्सुकतापूर्वक भेला भएका थिए । 

भीडमा साविक माओवादी केन्द्रका नेता कार्यकर्ता बढी हुँदा हुन् ।

उनीहरूमा एउटै चिन्ता व्याप्त थियो– पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहित एमालेका जल्दाबल्दा नेताहरूको सहकार्य के हुने हो ? सर्वोच्च अदालतको फैसलापछि तिनाउबाट दानब अलग्गिएझैँ आ¬–आफ्नो बाटो लाग्ने हुन् या, सहकार्य र सहयात्राको सम्भावना जीवितै छ ?

यावत् चासो, उत्सुकता, कौतुहलताबीच झलनाथ खनाल स्थायी कमिटीको अनौपचारिक बैठक सिध्याएर तल झरे । गाडी गुड्नै लाग्दा हावामा हात हल्लाए र ‘फेरि भेटौँला’ को भाव व्यक्त गरे ।

प्रकाशित मिति: : 2021-03-09 11:19:00

प्रतिकृया दिनुहोस्