धरहराको काम आज सकिदै, केही महिनामै सर्वसाधारणले अवलोकन गर्न पाउने

काठमाडौंको सुन्धारामा निर्माण भईरहेको धरहराको निर्माण कार्य पुरा हुदैछ।

निमार्ण भईरहेको  २२  तले धरहराको गजुर रहने गुम्बज ढलानको काम आज (मंगलबार) सकिदैछ। 

धरहरा भौतिक पूर्वाधारको निर्माणको हिसावले ९५ प्रतिशत काम सम्पन्न भईसकेको छ। धरहराको बाहिरी र भित्री प्लाष्टर, पार्किङ र संग्रहालयको काम पनि चलिरहेको छ।

अबको केही महिना भित्रै सर्वसाधारणले धरहरामा रहेको अत्याधुनिक प्रविधि प्रयोग गरी काठमाडौं अवलोकन गर्न पाउने भएका छन्। 

प्रकाशित मिति: : 2021-03-09 06:22:00

प्रतिकृया दिनुहोस्