देशलाई स्वर्ण पदक दिलाएर अँध्यारोमा बाँचिरहेका आमा-छोरीको कथा (भिडिओ)

सेतोपाटी

काठमाडाैं

विवेक राई/सीताराम कोइराला

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले जितेका अधिकांश स्वर्णका पछाडि अभाव र संघर्षका कथा छन्। तिनै कथाकी एक पात्र हुन्, जुडो खेलाडी पुनम श्रेष्ठ।

गरिब परिवारमा जन्मेकी पुनमको बाल्यकाल गैरसरकारी संस्थाले मिलाइदिएको छात्रवासमा बित्यो। छात्रवासमा बसेर स्कुल पढ्दा पुनमले परिवारको मायाको अनुभव गर्न पाइनन्।

उनका बुबा ड्राइभर थिए, आमा होटलमा काम गर्थिन्।

परिवारले खान-बस्नका लागि संघर्ष गर्दा पुनमले बाल्यकालमै फरक बाटो रोजेकी थिइन्। जुन बाटोमा अप्ठेरोबाहेक अरू केही थिएन।

परिवारलाई थाहै नदिई जुडो खेल्न उनी दशरथ रंगशालाको केन्द्रीय डोजो धाउँथिन्। अरूले दिएको पैसाले पोशाक किन्नु पर्थ्यो। खाजा खान पैसा नहुने उनका लागि 'डाइट' त कल्पना बाहिरको कुरा थियो।

खेल्ने उत्कट चाहनालाई कसले पो रोक्न सक्छ! अभावबीच उनी जुडोको अब्बल खेलाडी बन्दै गइन्।

प्रकाशित मिति: : 2021-03-08 13:28:00

प्रतिकृया दिनुहोस्