दाइजो नपुगेको निहुँमा रुपन्देहीमा महिलालाई जलाएर ‘हत्या’ !

पर्दाफास

रुपन्देही

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहकी २१ वर्षीय सम्झना चाईको २०७४ सालमा मुकेश चाईसँग प्रेमविवाह भयो।

परिवारको पनि सहमति भएकाले विवाहमा कुनै समस्या भएन। 

समुदायको चलनअनुसार उनी केही वर्ष माइतमै (गौना) बसिन्। २०७६ फागुनमा श्रीमान्को घर आइन्।

त्यसयताको केही महिना ठीकठाक भए पनि पछि केटा पक्षको असन्तुष्टि खुल्दै गयो। विवाहमा दाइजो कम दिएको उनीहरुको मुख्य गुनासो थियो।

संयुक्त परिवार भएको मुकेशको घरमा पारिवारिक झमेला पनि देखिन थाल्यो।

यसैबीच, राति श्रीमान्सँगै सुतेकी सम्झनाको शव गत १ पुसको बिहान आफ्नै कोठामा फेला प-यो।

इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर रवीन्द्र महतको टोलीले घटनास्थलमा शव जलेको अवस्थामा फेला पारेको थियो।

सम्झनाको हत्या भएको भन्दै उनका दाइ रामप्रसाद चाईले प्रहरीमा किटानी जाहेरी दिएका छन्। बहिनीलाई कर्तव्य गरी मारी सबुत नष्ट गर्न आगो लगाएको दाबी जाहेरीमा गरिएको छ। 

प्रकाशित मिति: : 2021-03-08 12:42:00

प्रतिकृया दिनुहोस्