प्रेरणाकी स्रोत प्रमिला : चिया उद्योगबाट मासिक डेढ लाख कमाइ धनगढीफागुन

लोकान्तर

काठमाडौं

पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन र महिलाले पनि धेरै गर्न सक्छन् भन्ने उदाहरण बनेकी छन् कैलालीको धनगढी उपमहानगरपालिका–४ मित्रनगकी प्रमिला भण्डारी।

उनकै नेतृत्वमा धनगढीमा सञ्चालनमा रहेको कञ्चन चिया उद्योगले व्यक्तिगत कमाइ मात्रै भएको छैन, ४ जनालाई रोजगारी समेत दिएको छ। 

माध्यमिक तहमा पढ्दा–पढ्दै विवाह बन्धनमा बाँधिएकी प्रमिलाको सफल उद्यमी बन्नेसम्मको यात्रा उतारचढावपूर्ण छ। अहिले आएर प्रमिला युवाका लागि प्रेरणाको स्रोत बनेकी छन्।

प्रेमिला सहजै उद्यमी बनेकी भने होइनन्। यसअघि उनले थुप्रै संघर्ष गर्नुपरेको छ। संघर्षको प्रतिफल अहिले प्रेमिला मासिक डेढ लाख कमाइ गरिरहेकी छन्।

सिन्धुलीमा जन्मिएकी प्रमिला बुवाआमासँगै बसाइ सरेर कञ्चनपुरको पुनर्वास नगरपालिका पुगिन्। ७–१० कक्षासम्म उनले गाउँकै पुनर्वास जनता माध्यमिक विद्यालयमा अध्ययन गरिन्। 

उनी ८ कक्षा पढ्दा–पढ्दै नेपाल विद्युत् प्राधिकरण कञ्चनपुरमा कार्यरत वीरेन्द्रसिंह भण्डारीसँग विवाह बन्धनमा बाँधिइन्। त्यतिबेला १८ वर्षमा मात्रै प्रवेश गरेकी थिइन्। 

‘८ कक्षा पढ्दा–पढ्दै मेरो विवाह भयो, हामीले एकअर्कालाई मन पराएर विवाह गरेका हौं,’ उनले भनिन्, ‘विवाहपछि पनि मैले पढ्न छोडिनँ। ८ कक्षाको परीक्षा दिएँ, त्यसपछि एसएलसी दिएँ। त्यसपछि पहिलो सन्तानका रूपमा छोरीको जन्म भयो, त्यसपछि मैले पढाइलाई निरन्तरता दिन सकिनँ।’

पढाइलाई निरन्तरता दिन नसकेपछि उनले स्थानीय बजारमा व्यवसाय सञ्चालन गरिन्। ‘११ वर्ष मैले बिजुली पसल सञ्चालन गरे, त्यससँगै नेपाल विद्युत् प्राधिकरणमा सहयोगीका रूपमा काम गर्न थाले,’ उनले भनिन्, ‘२०६२ सालमा अर्की छोरीको जन्म भयो, त्यसपछि २०६५ सालमा छोराको जन्म भयो। पारिवारिक जिम्मेवारी बढेपछि मैले जागिरलाई निरन्तरता दिन सकिनँ। छोराछोरीको लालन–पालनमा ध्यान केन्द्रित भयो।’

प्रकाशित मिति: : 2021-03-06 14:17:00

प्रतिकृया दिनुहोस्